यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु र कुहिरो लागेको छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।



विहीबार सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सोही दिन राति सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित समाचार