नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
बलिउड अभिनेत्री मलाइका अरोडाले हालै आफ्नो नयाँ तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् । यस तस्वीरमा उनी निकै कामुक देखिएकी छन् । अभिनेत्रीको यो तस्वीरले प्रशंसकको नजर इन्स्टामै आकर्षण गरेको छ ।
उनको पोस्टमा लगातार प्रतिक्रिया आइरहेका छन् । मलाइकाले पोस्टमार्फत प्रशंसकलाई मुस्कुराउन र खुसी रहन अनुरोध गरेकी छन् ।
इन्स्टामा पोस्ट भएको तस्वीरमा उनी सेतो बोल्ट टप र स्कटमा देखिएकी छन् ।
यो तस्वीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘हेलो सण्डे, केवल मुस्कुराउनुहोस् र खुसी रहनुहोस् ।’ यसअघि उनले धर्मशाला भ्रमणको तस्वीर शेयर गरेकी थिइन् । जहाँ अभिनेता अर्जुन कपुर र सैफ अली खान ‘भूत पुलिस’को सुटिङ गरिरहेका थिए । हाल मलाइका अर्जुन कपुरसँगको प्रेम सम्बन्धमा छिन् ।