आज काठमाडौंमा ओली समूहको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।

दिउँसो १२ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा शुरु हुने भेलामा सुदूरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुनेछन्। भेलालाई अध्यक्ष ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।



संसद विघटन र ओलीविरुद्ध प्रचण्ड नेपाल समूहले काठमाडौं सहित देशैभर विरोध प्रदर्शन गरेको भोलिपल्टै ओली समूहले कार्यकर्ता भेलाको आयोजना गरेको हो। कार्की बैंक्वैटमा यसअघि प्रचण्ड– नेपाल समूहले भेला र कार्यक्रम गर्दै आएका थिए। भेलालाई सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जन संगठनहरुले आयोजना गरेका हुन्।

सम्बन्धित समाचार