प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, थप आन्दोलनका कार्यक्रम घोषणा गरिने

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । काठमाडौंको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए ।



प्रचण्ड–माधव समूहले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो । आन्दोलनको क्रममा नेपाल बन्दसम्म गर्नसक्ने उसले यसअघि नै बताइसकेको छ ।

 

सम्बन्धित समाचार