नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
अन्सिका शर्मा ‘मिस युनिभर्स नेपाल-२०२०’ बनेकी छन्। विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन्। यस्तै पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन्। तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएका छन्।
यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हो। यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको हो।
म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो। सन् २०१७ मा नग्मा श्रेष्ठले यो स्थापना गरेकी हुन् भने सहसंस्थापक सीजी कर्पोरेसेन ग्लेबल हो।