नेकपाको सम्पत्ति रोक्काको माग राख्दै प्रचण्ड-नेपालले लेखे बैंकलाई पत्र

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनि बैंकहरूलाई पत्र लेखेको छ। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले बैंकहरुलाई पत्र लेखेर खाता रोक्का गरिदिन आग्रह गरेका हुन्।

दुई अध्यक्षले लेखेको पत्रमा नेकपामा उत्पन्न विवादका कारण उत्पन्न परिस्थितिका कारण अर्को निर्णय नहुदासम्म बैंक खाता बन्द गर्न भनिएको छ ।



‘नेकपाको नाममा कति पैसा छ भनेर अझै जानकारी गराइएको छैन। साबिकको दुवै पार्टीका सम्पत्ति एक ठाउँमा पार्ने काम पनि बाँकीनै थियो,’ एक नेकपा स्थायी कमिटी सदस्यले भने, ‘रकम ठूलै अंकमा छ। त्यसैले यसको रोक्का गर्न पत्र पठाउनु स्वभाविक हो।’

नेकपा विभाजनसँगै नेकपाको सम्पत्तिलाई लिएर दुवै पक्षले आ-आफ्ना दाबी गरिरहेका छन्। प्रचण्ड-नेपाल पक्षले नेकपाको सम्पत्ति आफ्नो हुने दाबी गरेका छन् भने ओली पक्षीय नेकपाका नेताहरुले पूर्व एमालेको सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिएका छन्।

आफूहरूलाई पेरिस डाँडाँ नचाहिने र धुम्बाराहीमा आउन नपाउने ओली पक्षको तर्क छ। पेरिस डाँडाँमा पूर्व माओवादीको कार्यालय छ भने धुम्बाराही पूर्व एमालेको कार्यालय छ।

सम्बन्धित समाचार