कुलमानले होइन, केपी ओलीले लोडसेडिङ अन्त्य गरेका हुन्ः मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी ओली गरेको बताएका छन् । सत्तारुढ नेकपा ओली समूहले बिहीबार प्युठानमा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत् खरिद सम्झौता गरी लोडसेडिङ हटाएका हुन्।’

एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिन नहुने पनि उनको भनाइ थियो। कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण गरेका तर व्यवस्थापन भने ओलीले नै गरेका मुख्यमन्त्री पोखरेलले तर्क गरे।



पछिल्लो समय विना जानकारी लाइन जान थालेपछि फेरि लोडसेडिङ हुने चर्चाका बीच पोखरेलले कुलमानविरुद्ध अभिव्यक्ति दिएका हुन् ।

सम्बन्धित समाचार