प्रधानमन्त्री ओली समूहले नै उठायो संघीयता खारेजीको माग

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षभित्र संघीयता खारेज गर्न आवाज उठेको छ । संसद विघटन गरेका प्रधानमन्त्री केपी ओलीले थप कदम चाल्ने तयारी गरेको चर्चा चलिरहेकै बेला उनैको समूहमा यस्तो आवाज उठेको हो ।

केहि समय अगाडी आफू लुटिएको भन्दै चर्चामा आएकी ओली समूहकी केन्द्रिय सदस्य निरु पालले संघीयता खारेज गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाब दिएकी छन् ।



विहीबार साँझ सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेतृ पालले संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ तथा केन्द्रको मन्त्रीमण्डल बढिमा १५ सदस्यीय बनाउन सुझाब दिएकी हुन् ।

नेतृ पालले भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्न समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन् । उनले यती गरे नेपाली जनताको मनमस्तिस्कमा प्रधानमन्त्री सधै बस्ने बताएकी छन् ।

सम्बन्धित समाचार