नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।

राष्ट्रियसभा बैठक यतिवेला जारी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् ।
राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् । सरकारको सिफारिसमा गत असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्छु’ भनेकाले एकता कायम राख्न अझै झिनो आशा जीवित रहेको बताए ।
नेता शर्माले प्रतिनिधि सभा नभएको सन्दर्भमा यसको महत्व र गरिमा उचो भएको बताए ।
