प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो भनेर देशलाई खाल्डोमा जाकिदिने ?

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो भन्दैमा देशलाई खाल्डोमा जाक्न नमिल्ने बताएका छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै देवले भने-प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो। पार्टीभित्र कसैले काम गर्न दिएन। त्यो तपाईंको पार्टीको समस्या हो। देशको समस्या होइन। संसदको समस्या होइन।

प्रधानमन्त्रीले कि त पार्टीभित्र बहुमत कायम गर्न सक्नुपर्थ्यो, कि त अल्पमतका परेपछि राजीनामा दिएर संसदीय दलको अर्को नेता बनाउन सक्नुपर्थ्यो भन्दै देवले आलोचना गरे।



‘तपाईं पार्टीभित्र समस्यामा पर्ने तर संसद्लाई विघटन गर्ने ? देशलाई खाल्डोमा जाकिदिने ? दुनियाँमा देशभक्त, लोकतन्त्रवादी र अग्रमन चाहने र जनताको प्रतिनिधि हामी नै हौं भन्नेहरुले यस्तो काम गर्दैन’, उनले भने। उनले संविधानको धारा धाराले संसदको सर्वोच्चतालाई स्थापित गरेको बताए।

सम्बन्धित समाचार