यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

सरकारले गत पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।



त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले कर्णाली क्षेत्रका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलबस्तु गरी ११ जिल्लामा थप गर्ने निर्णय पनि गरेको छ।

मन्त्री परिषदको बैठकले सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ। बैठकले प्राइभेट फर्म रजिष्ट्रेसन (तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए।

मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

सम्बन्धित समाचार