नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले देशव्यापी आन्दोलन गरिने बताए ।
आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायत रहेका छन् ।आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।
संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

