पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साहको गाडी

शहरी विकास मन्त्री प्रभु साह चढेको गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले ठक्कर दिँदा सर्लाही लालबन्दी–८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

कम्मर र खुट्टामा चोट लागेकाका तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाही प्रहरीले जनाएको छ ।



प्रहरीले ठक्कर दिएर भागेको गाडीमा मन्त्री भएको बतायो । तर घटनाका सम्बन्धमा मन्त्री साहले सामाजिक सञ्जाल फेसबूकमार्फत प्रतिक्रिया दिँदै मन्त्री भागेका भनेर भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार