कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज, प्रतिनिधिसभा विघटनविरुद्ध रणनीति बनाउने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे केन्द्रिय कार्यलय सानेपामा बस्ने केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए। बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धका रणनीति बनाउने तयारी भएको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहि पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ। सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन पनि गर्न नमिल्ने बताउँदै आएका छन्।



देउवा इतर पक्षले भने अदालतलाई दबाब दिन भए पनि सडक तताउनुपर्नेमा जोड दिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने र सडक आन्दोलनमा जानुपर्ने बताउदै आएको छ।

आजको बैठकमा यिनै विषयमा थप छलफल गरेर निष्कर्षमा पुग्ने नेतृत्वको तयारी रहेको बुझिएको नेता प्रदिप पौडेलको भनाइ छ।

सम्बन्धित समाचार