नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
शनिबार प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
