प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटीको बैठकले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कार्यदल गठन गरेको हो।

पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। बैठक अध्यक्ष नेपालको अध्यक्षतामा बसेको उनले बताए।



बैठकमा संसद् विघटन गरेपछि प्रचण्ड माधव पक्षले दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ। शनिबार दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो।

यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। स्थायी कमिटीको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।

सम्बन्धित समाचार