पत्नी सीता दाहालको उपचारका लागि भारत जाँदै प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जान लागेका हुन् ।

आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए । प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।



सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

सम्बन्धित समाचार