प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, मेरो सल्लाह ओलीजीले मान्नुभएनः सुवास नेम्बाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दोहोर्‍याएका छन् । नेम्बाङले आफू यसअघिको भनाइमा अडिग रहेको प्रष्ट पारेका हुन् ।

१६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको बताएका थिए । तर, प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेयता नेम्बाङ मौन थिए । नेम्बाङले आफ्नो पुरानो भनाइ प्रष्ट रहेको र त्यो दृष्टिकोण अहिले पनि कायम रहेको बताए । र, त्यही दृष्टिकोणका आधारमा प्रधानमन्त्री ओलीलाई सल्लाह दिएको पनि उनले बताए ।



नेम्बाङले भने ‘मेरो पुरानो भनाइ, त्यसमा मेरो प्रष्ट दृष्टिकोण, त्यही दृष्टिकोणमा प्रधानमन्त्रीलाई सल्लाह दिएको हो । प्रधानमन्त्रीले आफ्ना तर्क राखेर विघटनमा जानुभयो ।’

सम्बन्धित समाचार