नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन् ।
नेकपा जनकपुरधाम स्थित मिथिला भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन खोज्नेलाई जनताले साथ नदिने विश्वास समेत व्यक्त गरे।
