नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक बेञ्चमा नबस्ने भएका छन्। बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन्।
आजको सुनुवाइमा वकिलहरूले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको मुद्दा हेर्न नमिल्ने बताएका थिए। बरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरेको भए पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भइसकेकाले यो इजलासमा उनी हुँदा प्रश्न उठेको बताएका थिए।
वकिलहरूले इजलासमा बस्नेरनबस्ने निर्णय न्यायाधीश कार्कीले नै गर्नुपर्ने बताएका थिए। न्यायाधीश कार्कीले आजै अबदेखि आफू यो मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन्।
