सुदूरपश्चिमका ७ जना नेकपा सांसद ओली पक्षमा खुले

सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिंदै ओली पक्षलाई साथ दिएपछि संख्या सात पुगेको हो । जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

प्रदेश सरकार फेरबदल हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा बोहराले भने, ‘अर्को पक्ष (प्रचण्ड-नेपाल) को गुण र दोष हेरेर हामीले नीति बनाउँछौँ।’ यसअघि भौतिक पूूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरेका थिए ।



बोहराले ओली पक्षलाई साथ दिएको भन्दै बर्खास्त गरिएको थियो । ओली पक्षलाई प्रदेशसभा सदस्य लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले पनि साथ दिएका छन् । ओली पक्षलाई कांग्रेस र जनता समाजवादीसँग मिलेर सरकार बनाउन अझै नेकपाका ६ जना प्रदेशसभा सदस्य अपुग देखिएको छ । प्रदेशसभामा ३९ नेकपा, १२ कांग्रेस र २ जसपाका प्रदेशसभा सदस्य रहेका छन् ।

 

सम्बन्धित समाचार