रवि लामिछानेले छाडे न्युज २४, नयाँ टिभी खोल्ने तयारीमा

चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए । पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् ।

उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड विहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ ।



सिधा कुरा जनतासँग अब दुईरतीन एपिसोड प्रसारण हुने छ । लामिछाने नयाँ टिभी खोल्ने योजनामा रहेका छन् लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए ।

नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् । सिधा कुरा जनतासँग चलाउने क्रममा उनले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए । खासगरी नेपाल छोडेर अमेरिका भासिन खोजेको आरोप र पहिलो श्रीमतीलाई डिभोर्स दिएको विषयमा उनले खुबै आलोचना खेप्नुपरेको थियो । यद्यपि, फरक प्रस्तुति र जनतासँग प्रत्यक्ष जोडिएका समस्यामाथि रिपोर्टिङका कारण उनी आमनागरिकले सर्वाधिक रुचाएका प्रस्तोता हुन् ।

सम्बन्धित समाचार