नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोटेश्वर पुगेका छन् ।
वर्तमान राजनीतिक परिस्थितमा सहकार्यको प्रस्तावमा छलफलका लागि भट्टराई नेपाल निवास कोटेश्वर पुगेका हुन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कसरी प्रतिवाद गर्ने भन्ने विषयमा त्यहाँ नेकपा अध्यक्ष नेपाल, सुरेन्द्र पाण्डेलगायतका नेतासँग छलफल भएको स्रोतले बतायो ।
मंगलबार जसपाले काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा उपेन्द्र यादवले नेकपालगातका दलका नेताहरूले आन्दोलनलाई सशक्त बनाउन संयुक्त संघर्ष गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा नेता नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध आगामी संघर्षका लागि सहयोग गर्ने विषयमा छलफल गर्न भट्टराई नेपाल निवासमा पुगेका हुन् ।संसद् पुनर्स्थापना गर्न अदालतलाई सकारात्मक दबाब दिनुपर्ने उक्त अन्तर्क्रिया कार्यक्रममा नेताहरूले धारणा राखेका थिए ।
