नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

वन तथा वातावरण मन्त्री एवं नेकपा केन्द्रीय सदस्य प्रेम आलेले प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति आक्रोश पोखेका छन् ।
उनले भट्ट मुख्यमन्त्री रहने दिन अब धेरै नरहेको जिकिर समेत गरे । ‘राजनेता आउँदा शिष्टता पनि नभएको तपाईं कस्तो मुख्यमन्त्री हो ? अब तपाईंका दिन धेरै छैनन्,’ मन्त्री आलेले भने, ‘हिजोका दिनमा भारतमा लामो समय बिताउनु भयो । मुख्यमन्त्री पद गइसकेपछि अब तपाईं भारत जान पर्दैन, जडिबुटी खेती गरेर यहीँ रोजगारी सिर्जना गरिन्छ ।
मन्त्री आलेले ओलीलाई ‘राजनेता’को उपमा दिँदै प्रचण्ड–नेपाल पक्षले सरकारको गियर रोक्ने काम गरेको आरोप समेत लगाए ।
