नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभामा पक्राउ परेका युवालाई रिहा गर्न माग गरेका छन्। ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका केही युवालाई आज प्रहरीले नियन्त्रणमा लिएको थियो।
युवालाई प्रक्राउ गर्ने कार्य निन्दनीय भएको उनले ट्विटमा लेखेका छ्न। दोषीलाई कारबाही माग गर्दै उनले शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरेका छन्।
शुक्रबार धनगढीमा आयोजित आमसभामा त्यसखाले टिसर्ट लगाएर पुगेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रधानमन्त्री सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै ?’ ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट केही युवाले लगाएका थिए।
