प्रचण्डसँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी छैनन्: ओली

नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !, उनले भने, ‘यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।’

ओलीले पूर्व प्रधान न्यायाधीसहरुले संसद विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेकोतर्फ लक्षित गर्दै केही समय अदालतमा जागिर खाएको भरमा ‘अजासु’ नबन्न आग्रह गरे । अदालतलाई प्रभावित पार्ने प्रंयास नगर्न उनको सुझाव छ ।



‘न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउँन मिल्दैन । अदालतको सम्मान गर्नुपर्छ । एकजना वकिलले वर्तमानमान र भविष्य सम्झिएर फैसला गर्नु भनेर धम्क्याएछन् । के भनेको त्यो, न्यायाधीशलाई धम्क्याउने ?’

ओलीले विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी नरहेको दाबी गरेका छन् । ओलीले भने, ‘जनयुद्ध लड्या मान्छे उहाँसँग कोही छैन । सबै सिद्धिए । नारायणकाजी कुनै जनयुद्ध लड्या मान्छे हो र ?’

 

सम्बन्धित समाचार