नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

प्रधानमन्त्री केपी ओलीले माधव नेपाल आफूले छोडेर अध्यक्ष बनेको बताएका छन्। मदन भण्डारी मरेर र आफूले अध्यक्षको उम्मेद्वारी छोडेको भएर मात्रै नेपाल अध्यक्ष भएको ओलीको टिप्पणी छ।
युवा संघले राजधानीमा आयोजना गरेको भेलामा उनले नेकपाकै अर्को समूह माधव प्रचण्ड समूहलाई आक्रमण गरेका हुन्। ‘अलि समय काम गरेको भएर माया पनि लाग्छ। माधव नेपाल मदन भण्डारी मरेको र मैले छोडेको भएर अध्यक्ष भए र अन्तबाट च्यानल लगाएर प्रधानमन्त्री भए,’ उनले भने।
प्रचण्डलाई पूर्व माओवादीका सबै नेताले छोडिसकेकाले उनी राजनीतिमा कमजोर बन्दै गएको ओलीको टिप्पणी छ। प्रचण्डप्रति आफूलाई दया लागेर आएको ओलीले कटाक्ष गरे।
