नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए। आजै ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन्।
बैठक आज दिउँसो प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा गर्ने सम्बोधनमा केन्द्रीत भएको थियाे। बैठकमा सामेल एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आफूले राष्ट्रियसभामा र सम्बोधन गर्न लागेको जानकारी दिएर त्यसका लागि आवश्यक सुझावहरु माग गरेका थिए।
बैठकमा मन्त्रीहरुसँगको छलफलपछि ओलीले र संसद विघटन, पार्टी विभाजन, आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचन र कोरोना महामारी नियन्त्रणलगायत विषयमा केन्द्रीत सम्बोधन गर्ने निष्कर्ष निकालेको बुझिएको छ।
