नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय पनि गरेको छ। आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ।
