आगामी तीन दिन हल्का वर्षाको सम्भावना

केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र प्रदेश २ का केही स्थानमा मौसम आंशिक बदली छ। तर आज राति भने प्रदेश १ र प्रदेश २ का एक-दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- ‘देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सुरकुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’



महाशाखाका अनुसार मंगलबार प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार पनि प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित समाचार