सडकबाट न्यायाधीश तान्ने दिन नआओस्ः पूर्वसभामुख ढुंगाना

पूर्व सभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गानाले नाङ्गो आँखाले हेर्दा प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको टिप्पणी गरेका छन्। राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै ढुंगानाले सर्वोच्च अदालतले पुनस्थापना नगर्ने आधार नै नभएको दाबी गरेका हुन्। संविधान सभा सदस्य मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गनाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले प्रतिनिधि सभा मात्र नभई संविधान र संविधान सभामाथिको प्रहार भएको बताए।

‘संविधान हेर्ने हो भने सर्वोच्चले शतप्रतिशत प्रतिनिधि सभा ब्युझाउन पर्छ। जुन दिन सर्वोच्चले यो मुद्दा लम्ब्याएर बदर हुँदैन भन्छ, म उनीहरुलाई भन्नेछु-श्रीमानहरू अन्यथा भन्दैनौँ भने यही फैसलाबाट सविधान नै खारेज गरिदिनुस्,’ उनले भने।



फिलिपिन्सको घटना सम्झना गर्दै उनले जनताले अप्रिय कदम जनताले चल्न सक्ने चेतावनी दिए। ‘मलाई लाग्छ अदालतको पनि जवाफदेहिता छ,’ ढुङ्गनाले भने, ‘नत्र सडकबाट यस्तो फैसला गर्ने न्यायाधीशलाई सडकबाट तानेको नजिर फिलिपिन्समा छ। मैले यो घटना देख्न पाएको छु।’ बलिदानी प्रधानमन्त्री भएको देशमा ज्ञानी न्यायाधीश भएकाले यो बदर हुने आफूलाई लागेको उनले बताए।

सम्बन्धित समाचार