भारतीय न्यूज च्यानलसँगको अन्तरवार्तामा ओलीले भने-‘मोदी र मेरो श्रेणी एउटै हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताएका छन् ।

भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल सानो–ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो–सानो नहुने बताए । उनले दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताए ।



उनले भने, ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ । बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन ।’

सम्बन्धित समाचार