नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

नेपाल विज्ञापन संघ (आन) को एक्काइसौं साधारण सभाले संघको दशौं कार्यसमिति चयन गरेको छ । सोमप्रसाद धितालको नेतृत्वमा आगामी तीन वर्षको लागि चयन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा र द्वितीय उपाध्यक्षमा पीताम्बर पोख्रेल रहेका छन् ।
यसैगरी संघको महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पंकजलाल प्रधान, सचिवमा सन्तोष खड्का, सह–कोषाध्यक्षमा जीवन पोख्रेल तथा सदस्यहरूमा क्रमशः कृष्णमुरारी लामिछान, साजन श्रेष्ठ, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेले तथा विधान भण्डारी विजय भएका छन् ।
आनसँग हाल थुप्रै समस्या र चुनौतीहरू छन् । ती सबै समस्या र चुनौतीको सामना गर्दै व्यवसायिक हक, हित र अधिकारको रक्षाका दिशामा कार्य गर्न नयाँँ टिम सक्षम हुनेछ भन्ने कुरामा विज्ञापन व्यवसायीहरू आशावादी रहेका छन् ।
सफल कार्यकालको लागि आनको नयाँ टिमलाई नवकान्तिपुर डटकमको पनि शुभकामना !
