संसद विघटन मुद्दा : हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधान

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुरानै न्यायाधीशलाई निरन्तरता दिँदै हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई राखेका छन्।

इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, र तेजबहादुर के सी इजलास तोकिएको छ।



गत बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि प्रश्न उठेपछि इजलासमा नबस्ने घोषणा गरेका थिए। प्रधानमन्त्री केपीशर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधीवक्ता रहेकाले स्वार्थ बाझिनसक्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका हुन्। आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई चयन गरी संवैधानिक इजलास गठन गरेका हुन्।

सम्बन्धित समाचार