
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे पेरिस डाँडामा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ।
संसद् विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी भएको छ।
विभिन्न चरणमा आन्दोलन गरिरहेको उक्त पक्षले आन्दोलनका थप कार्यक्रमबारे तय गर्न बैठक बस्न लागेको हो। साथै बैठकले नेपाली कांग्रेससँग सत्ता साझेदारीका विषयमा पनि ठोस निर्णय लिने बताइएको छ ।
