प्रचण्ड-माधवलाई वामदेव गौतमले लगाए यस्तो आरोप

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर गल्ती गरेपछि नै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको आफ्नो निश्कर्ष सुनाएका छन् । पार्टीको प्रथम अध्यक्षलाई जानकारी नै नदिएर प्रचण्ड र माधवले अबिश्वासको प्रस्ताव लगेकोले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको तथ्यलाई कसैले छोप्न नसक्ने पनि उपाध्यक्ष गौतमले बताए ।

एक अन्तर्वार्तामा नेता गौतमले माधव नेपाल र प्रचण्ड सात महिना अघि देखि नै प्रधानमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव लैजाने गृहकार्यमा रहेको र आफूले असफल बनाएपछि जानकारी नै नदिएर प्रधानमन्त्रीविरुद्ध संसदमै अबिश्वासको प्रस्ताव लगेर अनैतिक काम गरेको बताए ।



‘अबिश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड र माधव नेपालले नलगेको भए केपीले त्यो कदम (प्रतिनिधिसभा विघटन) चाल्नुहने थिएन, उहाँहरुले अबिश्वासको प्रस्ताव लैजानु भयो, केपीका सूचना संयन्त्रहरुका कारण उहाँले थाह पाएर दर्ता गर्नुभन्दा पहिला नै कदम चालिदिनुभयो,’ यो तथ्य हो, गौतमले भने, ‘पार्टी अध्यक्षबाट नहटाइकन प्रधानमन्त्रीबाट हटाउन अबिश्वासको प्रस्ताव राख्न मिल्दैन, यो अनैतिक काम हुन्छ, प्रचण्ड माधवले त्यही अनैतिक काम गर्नुभयो ।’

नेता गौतमले नेकपा विभाजन भइसके पनि विभाजनको औचित्य भने कसैले पुष्टि गर्न नसक्ने ठोकुवा गरे ।

सम्बन्धित समाचार