प्रनिनिधि सभा विघटन असंवैधानिक भएको ओलीले स्वीकारिसके : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रनिनिधि सभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसेकेको दावी गरेका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो कदम संवैधानिक नभइ राजनीतिक भएको स्वीकार गरिसकेको बताएका हुन् ।

नेता पौडेलले प्रधानमन्त्रीको कदमले देशलाई अन्धकारतिर लगेको र संविधानमा क्षति पुर्याएको दावी पनि गरेका छन् । प्रतिनिधि सभा विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलको भनाइ छ । प्रधानमन्त्रीको कदम देशलाई राजनीतिक भूमरी र संकटमा धकेल्ने प्रपञ्च भएका कारण डटेर विरोध गर्नु पर्ने पनि उनले उल्लेख गरेका छन् ।



नेता पौडेलले जनताको आवाजलाई अदालतले सुन्नुपर्ने पनि बताएका छन् । देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने प्रधानमन्त्री ओलीको प्रपञ्चविरुद्ध जनताले डटेर विरोध गरे त्यो आवाज अदालतले पनि सुन्ने उनको जिकिर छ ।

सम्बन्धित समाचार