माघ ११ गते बिहे गर्ने तयारीमा मुख्यमन्त्री शेरधन राई, यी हुन हुनेवाली बेहुली

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङमु शेर्पाबीच यही माघ ११ गते बिहे हुने भएको छ। राईले बिहे हुन लागेकी युवतीको नाम नखुलाएपनि उनको सचिवालले भने शेर्पासँग बिहे हुन लागेको पुष्टि गरेको हो।

विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य छन्। ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी युवतीसँग बिहे गर्न लागेका हुन। शेर्पा मिस मंगोल २०१८ की विजेता समेत हुन।



सामाजिक काममा सक्रिय शेर्पा मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन। उक्त कोषबाट विपन्न विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिन्छ। संखुवासभा पुख्र्यौली घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन।

सम्बन्धित समाचार