निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले निर्वाचनबारे छलफल गर्नका लागि आइतबार सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बैठकमा बोलाइएको उनले बताए। बैठक साढे ११ बजेका लागि बोलाइएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निवार्चनको मिति तोकेका छन्। प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनमा लाग्न आग्रह गरिसकेका छन्।



यता, नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्ष चुनावको विरोधमा सडकमा छ।

सम्बन्धित समाचार