नयाँ निर्वाचनका लागि मन्त्रिपरिषदले सर्वसम्मत रुपमा निर्णय गरेको होः प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारलाई पार्टी भित्रैबाट काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघको बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले झण्डै दुईतिहाई बहुमतको सरकारले ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेको बताए ।

उनले पार्टीको नीति र नेतृत्वविरुद्ध पार्टी भित्रैका केही नेताहरु निरन्तर लागेर सरकारलाई असहयोग मात्र गरेको उल्लेख गरे । सरकारले थुप्रै महत्वपूर्ण र दूरगामी महत्वका कामहरु गरे पनि सरकारको काम केहीलाई पाच्य नभएको र त्यसको ‘जस’ अरुलाई जान्छ भन्ने सोचेर आफूमाथि निरन्तर षड्यन्त्र गरिएको उनको भनाइ थियो ।



प्रधानमन्त्री ओलीले नेकपाभित्र पार्टी शुद्धीकरण आवश्यक भइसकेको स्थितिमा केही आफैँ पार्टी छोडेर हिँडेको उल्लेख गरे । उनले प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मन्त्रिपरिषदले सर्वसम्मत रुपमा निर्णय गरेको भन्दै अब निर्वाचनमा लाग्न सबैसँग आग्रह पनि गरे ।

सोही कार्यक्रममा नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले सक्रियताका साथ निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे ।

सम्बन्धित समाचार