नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन: भारत

भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म भारतले नेपालसँग कुनै वार्ता नगर्ने भएको छ । दिल्लीमा सम्पन्न संयुक्त आयोगको बैठकमा सहभागि नेपाली परराष्ट्रन्त्री प्रदीप ज्ञवालीलाई दिल्लीले यस्तो सन्देश दिएको भारतिय पत्रिकाहरूले लेखेका छन ।

भारतीय सरकारी स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘नेपालले नक्सा नसच्चाएसम्म सीमा विवादबारे कुनै छलफल हुन सक्दैन । त्यसपछि मात्र द्धिपक्षीय सम्बन्ध बलियो ढंगले अघि बढ्न सक्छ ।’ ‘भारत नेपालको विकास, कनेक्टिभिटी, व्यापार र अन्य मुद्दामा मिलेर अघि बढ्न सक्छ तर, सीमा विवादको मुद्दा अरु बेलाको जस्तो इस्यु होइन’ समाचारमा उल्लेख छ ।



नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नभेटेकोबारे स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डिया खरो रूप्मा उत्रिएको छ । टाइम्स अफ इन्डियाका अनुसार कोरोना भ्याक्सिन वितरणको शुभारम्भ कार्यक्रममा व्यस्त भएकाले मोदीले ज्ञवालीलाई नभेटेका हुन् भन्ने कुरा एउटा बहाना मात्र हो । खासमा नेपालको गहिरिँदो राजनीतिक संकटको कारण भारतले कुनै एकको पक्ष नलिएको हो ।’

सम्बन्धित समाचार