ओलीसँग स्पष्टिकरण माग्न बालुवाटार नै पुग्यो प्रचण्ड-नेपाल समूह

नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीसँग स्पष्टिकरण माग गरेको छ । पार्टी अनुशासन विपरित काम गरेको भन्दै सो समूहले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर स्पष्टिकरण पत्र बुझाएको हो ।

पार्टी स्थायी समिति बैठकको निर्णय अनुसार नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने बालुवाटार पुगेर पत्र बुझाएका हुन् । अनुशासन उल्लंघन गरेको भन्दै प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।



तीन दिने म्यादसहितको सो स्पष्टिकरण पत्र एक पेजको छ । पत्रमा दुबै अध्यक्ष माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर रहेको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । विभाजित पार्टीमा एकले अर्कोलाई कारवाही गर्ने क्रम जारी छ ।

सम्बन्धित समाचार