
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका नेताहरूलाई बालुवाटारको गेटमै रोकिएको छ । प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोधिएको पत्र लिएर गएका प्रचण्ड-नेपाल समूहका नेताहरूलाई गेटमै रोकिएको बताइएको छ ।
भित्र पस्न नदिएपछि प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा लगेर पत्र बुझाएको बताइएको छ । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रशान्त्र पत्र बुझाउन बालुवाटार पुगेका थिए ।
ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने भन्ने प्रश्न सोध्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन सहित पत्र पठाईएको हो । प्रधानमन्त्री ओलीलाई पार्टी स्थायी समिमित बैठकले गरेको निर्णयका आधारमा सोधिएको स्पष्टीकरणपत्र लिएर सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र म बालुवाटास्थित प्रधानमन्त्री निवास पुगेका थियों । तर, त्यहाँ हामीलाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन ।
