प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि, कहिले होला फैसला ?

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो ।

रिटमाथि बहस गर्ने वकीलहरुको संख्या धेरै भएको तथा एकै जनाले लामो समय बहस गर्दा सुनुवाइ प्रक्रया लम्बिने देखिएको छ । रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरेका थिए ।



प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेको सर्वोच्च प्रशासनले जनाएको छ । न्यायधिशहरुले बहस लम्बिदै जाँदा निर्वाचन नै आइसक्ने भन्दै छोटो बहस गर्न आग्ह गरेका थिए ।

सम्बन्धित समाचार