टिपरको ठक्करबाट १३ जनाको मृत्यु, १८ जनाभन्दा बढी घाइते

सुतिरहेका बेला ट्रकले किचेर १५ जनाको मृत्यु भएको २४ घण्टा नबित्दै भारतमा फेरि अर्को दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार अबेर राति पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले विभिन्न गाडीलाई ठक्कर दिएको हो। त्यस क्रममा १३ जनाको मृत्यु भएको हो भने १८ जनाभन्दा बढी मानिस घाइते भएका हुन्।

मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।



सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका छन्।

सम्बन्धित समाचार