रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्। चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ सञ्चालन गर्ने लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि विहीबार प्रसारण हुने कार्यक्रम न्युज २४ टेलिभिजनमा आफ्नो अन्तिम कार्यक्रम हुने उल्लेख गरेका हुन्।

लामिछानेका नजिकका सहकर्मीका अनुसार उनले आफ्नै टेलिभिजन शुरु गर्न लागेका छन। कार्यक्रम सिधा कुरा जनतासँग के हुने भन्नेबारे केही खुलाइएको छैन।



सम्बन्धित समाचार