प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाइ

प्रधानमन्त्री केपी ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा पद सम्हालेकोमा जो बाइडेनलाई बधाइ दिएका छन्। ट्वीटरमार्फत् बधाइ दिँदै उनले बाइडेनको सफल कार्यकालको पनि कामना गरेका छन्।

ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास पनि व्यक्त गरेका छन्।



बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनुका साथै पद सम्हालेका हुन्।

सम्बन्धित समाचार