
माघ ८ गते देशैभरिका स्थानीय वडाहरूमा विरोधका कार्यक्रम गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको सर्कुलर अनुसार ककनी गाउँपालिकाका सबै वडाहरूमा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ ।
प्रधमनमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनसम्बन्धी अंवैधानिक कदमका विरुद्धमा नेपाली कांग्रेसले स्थानीय तहका सबै ६ हजार ७४३ वडाहरूमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा जनचेतना जगाउने उद्देश्यले नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न विरोधका कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

