तामाङ भाषाको र्‍याप गीत ‘रेवन चस्मा’ सार्वजनिक

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटकमा अत्याधिक चर्चामा रहेको तामाङ र्‍याप गीत ‘रेवन चस्मा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । वाइएसके ग्रुपले निर्माण गरेको गीतको म्युजिक भिडियो डम्फु मिडियाको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङले तामाङ सांगीतिक क्षेत्रमा भएको विकासले आफू खुशी भएको बताउँदै ‘रेवन चस्मा’ टिमलाई शुभकामना दिए ।



विगत लामो समयदेखि तामाङ र्‍याप विधामा आफ्नो बर्चस्व कायम गर्न सफल वाइएसके ग्रुपले ‘रेवन चस्मा’ मार्फत र्‍याप विधामा आफ्नो वर्चश्व कायमै रहेको छाप छोड्न सफल भएको छ । गीतको भिडियो निकै खर्चिलो बनेको छ । सिन्धुलीको मुलकोटमा हेलीप्याडको प्रयोग गरेर शुटिङ सम्पन्न गरेको उक्त गीतको भिडियो निर्माणमा झण्डै दश लाख रुपौंया खर्च भएको डम्फु मिडियाका सञ्चालक एवम तामाङ चलचित्रका नायक तथा निर्देशक अमिर दोङ जानकारी दिए ।

गीतको भिडियो निर्माणमा कुनै कन्जुस्याइ नगरिएको र सिंगो टीमले निकै मेहनत गरेकोले गीत दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको दोङले बताए ।

शशीकला मोक्तानको स्वर रहेको गीतको भिडियोमा निरञ्जली लामा, रञ्जीता लामा,पुसन लामा, अनुस्का दोङ, कञ्चन लामा, दुतराज तामाङ, राज तामाङलगायत फिचर्ड छन् ।

सम्बन्धित समाचार