बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

मन्थली नगरपालिका–१० चनखुका वडाध्यक्ष भरत बहादुर बोहोरा बलात्कार आरोपमा समातिएका छन्। वडाध्यक्ष बोहराविरूद्ध ३३ वर्षीया एक महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा जाहेरी दिएकी थिइन्।

त्यसैअनुसार वडाध्यक्ष बोहोरालाई जिल्ला प्रहरी कार्यालय रामेछापले शनिबार पक्राउ गरेको हो। जबरजस्ती करणीको आरोपका आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।



जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार ठिमी वृत्तमा परेको उजुरी र जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा उनलाई प्रक्राउ गरिएको हो। घटनाबारे ठिमी वृत्तले नै थप अनुसन्धान गर्ने भएकाले वडाध्यक्ष बोहोरालाई ठिमी वृत्तको जिम्मा लगाइने पनि उनले बताए।

सम्बन्धित समाचार